इडिसिद्वारा डोटीमा सञ्चालित छाउपडी प्रथा सम्बन्धी परियोजना ‘फेजआउट’

701

श्रावण १४, डोटी ।
सम विकास केन्द्र (इडिसि) नेपाल डोटीद्वारा सन् २०१९ मे महिनादेखि जुलाई २०२१ सम्म सञ्चालित छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि किशोरी, महिला तथा युवाहरुको साझा अभियान परियोजना डोटीबाट ‘फेजआउट’ भएको छ ।
विहीबार विभिन्न सरोकारवालाहरुको सहभागितामा परियोजना समापन कार्यक्रम आयोजना गरी इडिसी डोटीले उक्त परियोजना ‘फेजआउट’ भएको जानकारी दिएको हो ।
एक्शन एड नेपालसँगको साझेदारीमा डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नं. ४, ५ र ७, शिखर नगरपालिकाको वडा नं. १, ३ र ४ तथा के.आई.सिंह गाउँपालिकाको वडा नं. ४, ६ र ७ मा उक्त परियोजना सञ्चालन गरिएको थियो ।
किशोरी, महिला तथा युवाहरुको संयुक्त प्रयास र पुरुष धार्मिक अगुवा, सँस्थाका पूजारी, पण्डित, धामीझाँक्री सँगको संलग्नतामा स्थानीय तहबाट नीति निर्माण तथा त्यसको कार्यान्वयनबाट छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्न उक्त परियोजना लागु गरिएको इडिसिका कार्यक्रम संयोजक केशव परियारले बताए ।

No description available.
विभिन्न रिफ्लेक्ट सर्कल परिचालन, समूह बैठक, घुम्तीकोष, घरदैलो, किशोरी समूह परिचालन, सन्देशमूलक कार्यक्रम, स्थानीय तहसँग समन्वय, सहकार्य लगाएतका माध्यमबाट परियोजना सञ्चालन गरिएको परियोजनाका फिल्ड अफिसर मिना आउजीले बताईन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका उप–प्रमूख शशी सोवले सँस्थाहरुबाट सञ्चालित परियोजनाको दीगोपनाका लागि स्थानीय सरकार र अन्य सरोकारवाला जिम्मेवार रहेको बताईन् ।

No description available.
त्यस्तै डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी किरण जोशीले कुनै पनि परियोजनाबाट सिकेका कुराहरु अब अपनत्वको महशुसीकरण गरी व्यक्ति, परिवार, समाजबाट लागु गर्दै अघी बढ्नुपर्ने बताईन् ।
परियोजनाले खेलेको भूमिका र त्यसको प्रभावबारे सरोकारवालाहरुले इडिसि नेपाललाई विशेष धन्यवाद दिएका थिए ।
परियोजना समापन कार्यक्रमका सहभागिहरुलाई सन्देशमूलक ‘टि–सर्ट’हरु समेत वितरण गरिएको थियो ।

No description available.

Leave A Reply

Your email address will not be published.