डोटीमा यसरी मनाईयो २२ औं अन्तराष्ट्रिय युवा दिवस

912

श्रावण २८, डोटी ।
‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ २२ औं अन्तराष्ट्रिय युवा दिवस विहीबार डोटीमा पनि मनाईएको छ ।
एक्शन एड नेपाल, सम विकास केन्द्र नेपाल, सामुदायिक विकास केन्द्र र सामुदायिक विकास मञ्चसँगको सहकार्यमा जिल्ला युवा समिति डोटीले दिवस मनाएको हो ।
दिवसका अवसरमा जिल्ला स्तरीय युवाका सवालहरु तथा सिकाई समिक्षा एवं आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले युवाहरु नै घरपरिवार, गाउँ, समाज र देशको महत्वपूर्ण जनशक्ति भएकाले हरेक युवाहरुले सचेत भएर सकारात्मक बाटोमा लाग्नुपर्ने बताईन् ।
कतिपय विकृति, विसङ्गतीमा समेत युवायुवतीहरु फसेका उदाहरण पेश गर्दै युवाहरुले विलासितामा नफस्न नगर प्रमूख मलासीले विशेष आग्रह गरिन् ।

No description available.
समाज परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको भन्दै सम विकास केन्द्र नेपाल डोटीका अध्यक्ष अधिराज बिसीले युवाहरुको माग र आवश्यकता अनुसार सबै तहका सरकारहरुले पनि कार्यक्रम अगाडी बढाउनेपर्नेमा जोड दिए ।
त्यस्तै जिल्ला युवा समिति डोटीका अध्यक्ष हेम के.सी.ले युवाहरुका लागि गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी, उद्यमशीलता एवं सिप विकास, स्वास्थ्य र सामाजिक शिक्षा, युवा परिचालन र नेतृत्व विकास तथा खेलकुद र मनोरञ्जन गरी पाँच वटा आधारस्तम्भमा आफुहरुले काम गर्ने बताए ।
No description available.विभिन्न कारणले जिल्ला युवा समितिले काममा गति लिन नसकेको उनले बताए । हरेक स्थानीय तह स्तरमा कार्यविधी निर्माण गरी युवा सञ्जाल गठन गरी सक्रिय पार्नुपर्नेमा के.सी.ले जोड दिए ।
यसका अलावा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले युवाका क्षेत्रमा आवश्यक बजेट तथा कार्यक्रम ल्याएर युवा शशक्तिकरण र परिचालनमा जोड दिनुपर्ने र निर्णायक तहमा युवाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने अध्यक्ष के.सी.ले बताए ।
कार्यक्रममा सहभागी युवाहरुबाट जिल्ला स्तरमा युवाका सवालहरु र आगामी कार्यक्रमहरुबारे समूहगत कार्य पनि गरिएको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमूख शशी सोव, अधिवक्ता लक्ष्मण मलासी, सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशी, पत्रकार कर्ण चन्द लगाएतले मन्तव्यमार्फत आफ्ना धारणाहरु राखेका थिए ।No description available.

Leave A Reply

Your email address will not be published.