डोटीमा फेरि एक जना जनप्रतिनिधिद्वारा नेकपा एकीकृत समाजवादीमा सनाखत

959

भाद्र २२, डोटी ।
डाेटी फेरि एक जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
जाेरायल गाउँपालिका वडा न.२ का वडा सदस्य शंकर रावलले करिब सवा चार बजेतिर जिल्ला निर्वाचन कार्यालय सिलगढी पुगेर एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका हुन् ।
रावल सङ्गै डोटीमा अहिलेसम्म ४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका छन् ।
हिजो सोमबार मात्रै पुर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिका उप प्रमुख शिवराज खड्का र सायल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोरख सार्कीले एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका थिए ।
आजै एकीकृत समाजवादीकाे पक्षमा सनाखत गर्ने शंकास्पद अवस्थामा रहेका केही जनप्रतिनिधिलाई भने एमालेका नेताहरुले रोकेका छन् ।
निर्वाचन आयोगले आज बेलुकी ५ बजेसम्म सनाखत गर्ने समय तोकेको छ । सनाखतका लागि अझै करिब आधा घण्टा बाँकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.