डोटीको ‘खैगाड’ गाउँ सुदूरपश्चिमकै पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा

1,350

असोज ७, डोटी ।

डोटीको जोरायल गाउँपालिका वडा नं. ४ को ‘खैगाड’ गाउँ सुदूरपश्चिम प्रदेशकै पहिलो गाउँका रुपमा ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको छ ।
युनिसेफका सुदूरपश्चिम प्रदेश वास कन्सल्टेन्ट रमेश दाहालका अनुसार खैगाड गाउँलाई बुधबार एक विशेष कार्यक्रमकाबिच प्रदेशकै पहिलो गाउँका रुपमा ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो ।
जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले खैगाड आधारभुत विद्यालयमा जडान गरिएको एक खानेपानीको धाराको रिवन काटेर एवं टुटी खोलेर समगै खैगाड गाउँलाई नै ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिन् ।No description available.
युनिसेफको ३६ लाख ३२ हजार ६ सय ४३ रुपैंया २० पैंसा, जोरायल गाउँपालिकाको १६ लाख र १२ लाख ६ हजार ७९ रुपैंयाँ ३४ पैंसा बराबरको स्थानीय जनश्रमदान गरी कूल ६४ लाख ३८ हजार ७ सय २२ रुपैंया ५४ पैंसा को लागतमा खैगाडका १ सय ४ घरधुरीमा खानेपानीका धारा निर्माण सम्पन्न भएको खैगाड खानेपानी उपभोक्ता समितिका अध्यक्ष भजन सिं मडैले जानकारी दिए ।
जसमध्ये एउटा विद्यालय, एउटा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र, एउटा मन्दीर र एउटा सहकारीमा समेत सार्वजनिक धारा पनि निर्माण गरिएको उनले बताए ।
घरघरमा खानेपानीका धारा निर्माण गरिएपछि खैगाड गाउँका कूल ६ सय २४ जना मानिस प्रत्यक्ष लाभान्वित भएको जनाईएको छ ।

No description available.खैगाड गाउँलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न सफल भएकोमा सम्पूर्ण स्थानीय बासिन्दाहरुलाई बधाई दिंदै यसको दीगोपनाका लागि समुदाय, उपभोक्ता समिति, वडा नं. ४ र जोरायल गाउँपालिकाले थप जिम्मेवार भएर लाग्नुपर्ने युनिसेफका वास फोकल प्वाइन्ट निर्मल कुमार भाटले जोड दिए ।

No description available.
कार्यक्रममा बोल्ने अधिकांश स्थानीय बासिन्दाले खैगाड गाउँमा विद्युत विस्तार, सडक सूचारु, सञ्चार पहुँच, कृषि क्षेत्रमा लगानी, विद्यालयमा दरबन्दीको व्यवस्था लगाएतका महत्वपूर्ण विषयमा स्थानीय सरकार र सबै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

No description available.
कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टले नेपाल विद्युत प्राधिकरण दिपायलको अटेरीपनाका कारण छिटोछरितो विद्युतीकरण गर्न नसकिएको तर विद्युतीकरणसँगै सञ्चार, कृषि, शिक्षा, स्वास्थ्य लगाएतका अन्य समग्र विकासका लागि आफु लागिरहेको उनले बताए ।

No description available.
त्यस्तै अर्का वक्ता वडा नं. ३ का वडा अध्यक्ष दिनेशकुमार मल्लले खैगाड क्षेत्रमा मोबाइल नेटवर्क कमजोर भएकाले टावर जडान गर्न नेपाल टेलिकमको कार्यालय अत्तरीयासँग पहल भईरहेको बताए ।
No description available.

कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले खैगाड गाउँ लगाएत समग्र गाउँपालिकाभरी जनताको सेवामा गाउँपालिका लागिपरेको बताईन् ।
साथै गएको जेठ १५ गते नेकपा एमाले अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गैरा खैगाड मुडभरा जोड्न सडकमा बजेट विनियोजन गरेको नेपाली काँग्रेस सभापती एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त सडक योजना कटौती गरेकोमा खेद व्यक्त गरिन् ।

No description available.
कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा, वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार मल्ल, वडा नं. ४ का अध्यक्ष नन्दराज भट्ट, शिक्षा शाखा प्रमूख तेज बहादुर खत्री, युनिसेफका रमेश दाहाल, वडा नं. ४ का वडा सदस्य बल बहादुर ओली, सिसिडिआरआरआर परियोजनाका कार्यक्रम अधिकृत डम्बर बोहरा, युनिसेफका निर्मल कुमार भाट, खैगाड आधारभूत विद्यालयका प्रधानाध्यापक चक्र बहादुर शाही, स्थानीय युवा योगेन्द्र मडै, शिक्षक मेख बहादुर पाली लगाएतले मन्तव्य राखेका थिए ।
त्यस्तै विभिन्न साँस्कृतिक प्रस्तुती सहित आयोजित कार्यक्रममा खैगाड खानेपानी उपभोक्ता समितिको तर्फबाट अध्यक्ष भजन सिं मडैले प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा युनिसेफले उपभोक्ता समितिलाई खानेपानीको शुद्धता मापन गर्ने किट समेत हस्तान्तरण गरिएको थियो ।

May be an image of 2 people, including Jamuna Bohara and people standing
कार्यक्रममा विभिन्न सरकारी कर्मचारी, युनिसेफका कर्मचारीहरु, स्थानीय विभिन्न सरोकारवालाहरु, विद्यार्थीहरु र पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

No description available.

May be an image of 4 people, including Jamuna Bohara and Suraj Roka, people standing and outdoors

Leave A Reply

Your email address will not be published.