एमाले डोटीमा जुट्यो सहमती, इञ्चार्ज ओली, अध्यक्ष मल्ल र सचिव मलासी सहित एकमत भएर पहिलो बैठक सम्पन्न
कार्तिक २७, डोटी ।
नेकपा एमाले डोटीमा लामो समयपछि सहमती जुटेको छ ।
सर्वोच्च अदालतले २०७७ फाल्गुन २३ मा गरेको फैसला बमोजिम तत्कालिन नेकपाबाट पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ २ को अवस्थामा फर्कन भनेपछि पछिल्लो समयमा एमाले नेतृत्व विवादबारे डोटीमा ठोस सहमती कायम हुन सकेको थिएन ।
तर एमाले डोटीका शीर्ष नेताहरुबिचमा सहमती भएर सिलगढीमा शनिबार सहमतीपश्चातको पहिलो बैठक समेत सम्पन्न भएको छ ।
सहमती अनुसार २०७५ जेठ २ पूर्व इञ्चार्ज रहेकी गौरी ओली इञ्चार्ज र सो समयमा जिल्ला अध्यक्ष रहेका चक्र मल्ल अध्यक्ष कायम रहेका छन् ।
तर सचिवमा भने जिम्मेवारी फेरबदल भएको छ ।
२०७५ जेठ २ पूर्व एमाले डोटीका सचिव रहेका राम बहादुर ऐरलाई सुदूरपश्चिम प्रदेश कमिटि सदस्यको जिम्मेवारी यसपूर्व नै दिईसकिएको छ । ऐर यसभन्दा पहिले जिल्ला कमिटिको समानान्तर कमिटी अध्यक्ष थिए । ऐरकै नेतृत्वमा रहेको कमिटिका सचिव लक्ष्मण मलासीलाई अब नेकपा एमाले डोटीको सचिवको जिम्मेवारी दिईएको छ ।
एमाले डोटीको उपाध्यक्षमा दुर्गादत्त ओझा र उप-सचिवमा मञ्जु मलासी पहिलेकै कायम रहेका छन् ।
विशेषतः नेकपा एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधीवेशन प्रतिनिधी चयनकै तयारीका क्रममा एमाले डोटीको ऐतिहासिक सहमती पनि कायम भएको हो ।
एमालेका केन्द्रिय, प्रदेश, जिल्ला र स्थानीय तहसम्मका उपलब्ध नेता, कार्यकर्ता सहभागि बैठकमा बोल्ने सबैले एमालेलाई शशक्त पार्टीका रुपमा अगाडी बढाउन चिन्ता र प्रतिवद्धता व्यक्त गरेका थिए ।
एमाले डोटीका अध्यक्ष चक्र मल्लले दिएको जानकारी अनुसार डोटीमा कूल संगठित सदस्यता संख्या ९ हजार ४ सय ५२ जना रहेका छन् ।
पार्टी केन्द्रले निर्धारण गरेको मापदण्ड अनुसार १० औं राष्ट्रिय महाधीवेशन प्रतिनिधी चयन गरिने एमाले केन्द्रिय कमिटी सदस्य एवं डोटी जिल्ला इञ्चार्ज गौरी ओलीले बताईन् ।

दलित, महिला र अन्य गरी छनौट गरिने महाधिवेशन प्रतिनिधीका लागि डोटीमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कूल संगठित सदस्यता संख्या, भूगोल, दलित, महिला, उमेर समूह सबैको प्रतिनिधित्व हुने गरी प्रतिनिधी छनौट गर्न एमाले डोटी इञ्चार्ज गौरी वली र अध्यक्ष चक्र मल्ललाई शनिबार सम्पन्न बैठकले जिम्मेवारी तोकेको छ ।
आगामी महाधिवेशनसम्म कार्यकाल रहने महाधिवेशन प्रतिनिधीको टुङ्गो पर्सी सोमबारसम्ममा लगाईसक्न एमाले केन्द्रले समयसिमा तोकेको छ ।
यसैबिच गत असोज ३१ गतेदेखि लगातार ३ दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि ज्यान गुमाएकाहरुको चीरशान्तिको कामना एवं शोकाकुल परिवारमा समवेदना सहित शोक प्रस्ताव पनि पारित गरेको छ ।
