नेपाली काँग्रेस डोटी : सभापति पदको निर्वाचन दोस्रो चरणमा हुँदै

636

मंसिर ८, डोटी ।
नेपाली काँग्रेस डोटीको सभापति पदका लागि दोस्रो चरणमा निर्वाचन हुँदैछ ।
दोस्रो चरणको निर्वाचन आज बुधबार बिहान ८ बजेदेखि हुँदैछ ।
यहि मंसिर ६ गतेदेखि जारी जिल्ला अधिवेशनमा पहिलो चरणको हिजो मंगलबार भएको निर्वाचनको हिजै राती अबेर मतगणना सकिएको थियो । सभापतिको लागि जम्मा ५ जना उम्मेदवार रहेकोमा मत परिणाम अनुसार कुनै पनि उम्मेदवारको मत ५१ प्रतिशत नपुगेपछी दोश्रो चरणको निर्वाचन हुन लागेको हो ।
काङ्ग्रेसको विधान अनुसार ५१ प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था भएको काङ्ग्रेस श्रोतले जनाएको छ ।
पहिलो चरणको मत परिणाम अनुसार सबैभन्दा बढी नरेन्द्र बहादुर सिंहले ३५८, दोस्रोमा भूमिराज बडुले ३४२, तेस्रोमा प्रदीप कुमार देउवाले २१४, चौथोमा नर बहादुर ढाँटले ९१
र पाँचौमा टेकराज ओझाले ३४ मत प्राप्त गरेका छन् ।
दोस्रो चरणमा पहिलो र दोस्रो स्थान ओगटेका सिंह र बडुबिच फ़ेरि प्रतिस्पर्धा हुन लागेको हो ।
पहिलो चरणमा जम्मा १ हजार १ सय ७ मतदाता रहेकोमा खसेको मत संख्या १ हजार ८७ रहेकोे थियो । जसमध्ये सदर मत संख्या १ हजार ३९ र बदर मत संख्या ४८ रहेको छ ।

Leave A Reply

Your email address will not be published.