नेकपा (एकीकृत समाजवादी) ले डोटीका ९ वटै पालिका स्तरमा भेला आयोजना गर्दै
मंसिर ८, डोटी ।
माधवकुमार नेपाल नेतृत्वमा हालै स्थापित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जिल्लाका ९ वटै पालिका स्तरीय भेला आयोजना गर्ने भएको छ ।
प्रत्येक पालिका स्तरीय भेलाबाट पार्टीको संगठन विस्तार गरिने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डोटीका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।
पालिका स्तरीय भेला सम्बन्धि कार्यक्रम तालिका
अनुसार पूर्वीचौकी गाउँपालिकामा मंसिर ८ गते, दिपायल सिलगढी नगरपालिकामा ९ गते, के.आई.सिंह गाउँपालिकामा १० गते, शिखर नगरपालिकामा ११ गते, जोरायल गाउँपालिकामा १२ गते भेला आयोजना हुँदैछ ।
त्यस्तै बडिकेदार गाउँपालिकामा १३ गते, बोगटान फुड्सिल गाउँपालिकामा १५ गते, सायल गाउँपालिकामा १८ गते र आदर्श गाउँपालिकामा १९ गते भेला आयोजना गरिने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डोटीका उपाध्यक्ष महेन्द्र थापाले जानकारी दिए ।
बुधबार पुर्वीचौकीमा आयोजना हुने भेलालाई नेकपा (एस) का डोटी इन्चार्ज हर्क बहादुर सिंह, सह-इन्चार्ज एवं सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सङ्गै विभिन्न केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेताहरूले सम्बोधन गर्ने नेकपा (एस) डोटीका सचिवालय सदस्य एवं जोरायल गाउँपालिका इन्चार्ज अमृत ओली ‘धनुष’ले जानकारी दिए ।