अछामका बाढी पीडितलाई एनआरएन लघुवित्त वित्तीय संस्थाद्वारा नगद राहात सहयोग
गम बहादुर खड्का
भाद्र ९, अछाम ।
यही भाद्र २ गते राती अछामको रामारोशन गाउपालिका ५, सैनीबजार क्षेत्रमा कैलाश खोलामा आएको बाढीले बगाउँदा प्रभावित मानिसहरुलाई एनआरएन लघुबित्त वित्तीय सँस्थाले राहत सहयोग प्रदान गरेको छ ।
१७ जना मानिससँगै धेरै ठूलो धनजनको क्षती भएकाले केहि सहयोग पुगोस् भन्दै संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले एक कार्यक्रमकाबिच राहत वितरण गरेका हुन् ।
एनआरएन लघुबित्त वित्तिय सँस्थाबाट ऋण लिएकाहरुलाई ऋण मिनाहा र मृतक सबैका परिवारलाई १० हजारका दरले क्रिया खर्च प्रदान गरी २९ जनालाई सहयोग प्रदान गरिएको हो ।
राहात वितरणका लागि एनआरएन लघुवित्त वित्तीय संस्थाले सहयोग गर्न इच्छुक कर्मचारी लगाएत अन्य व्यक्ति र संस्थाबाट गरी १० लाख ५० हजार रकम राहात वितरण गरेको हो ।
Good work