नेपाल प्रहरीद्वारा डोटीको बुडर बजार सरसफाई, मासिक सरसफाइ गरिने

686

शिव ओली
पुस ३, डोटी (बुडर) ।
डोटीको जोरायल गाउँपालिका वडा न. २ बुडर बजारमा व्यापारी तथा गाडीबाट फालेका प्लाष्टिकजन्य फोहोर अत्याधिक मात्रामा देखीन थालेपछी नेपाल प्रहरीले बजार सरसफाइ गरेको छ ।
‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराकासाथ सामुदायिक प्रहरी सझेदारी कार्यक्रम अन्तरगत सरसफाइ गरिएको सुदूरपश्चिम प्रहरी तालिम केन्द्र बुडरका प्रहरी निरिक्षक रण बहादुर चन्दले बताए ।
शनिबार भिमदत्त राजमार्ग अन्तरगत पर्ने भट्टी बजारदेखि बुडरको मूख्य बजार हुँदै सुदूरपश्चिम प्रहरी तालिम केन्द्र बुडरमा समापन गरेको हो ।
भिमदत्त राजमार्ग छेउछाउ र बजारमा रहेका प्लाष्टिक जन्य वस्तु, कागज र लत्ता कपडा जस्ता फोहोर संकलन गरेर नष्ट गरेको हो ।

No description available.
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको प्रसिद्ध बजार बुडरमा पछिल्लो समयमा सो क्षेत्र नजिकै रहेको छहरा झरना, छतिवन ताल लगाएत अवलोकन भ्रमणका लागि आन्तरिक र बाह्य प्रर्यटकहरु आउन थालेका छन् ।
पर्यटकहरुको आकर्षण बढाउन र मानव जीवनका लागि सरसफाई महत्वपूर्ण भएकाले सरसफाई अभियान शुरु गरिएको बजार व्यवस्थापन समितीका अध्यक्ष प्रेम बहादुर रावलले बताए ।

No description available.
सरसफाई कार्यक्रममा सुदूरपश्चिम प्रहरी तालिम केन्द्र बुडरका प्रहरी नायव निरिक्षक राजेन्द्र भण्डारीको नेतृत्वमा झण्डै २ सय जना प्रहरी जवानहरु, इलाका प्रहरी कार्यलय बुडरका प्रहरी नायव निरिक्षक आन सिं धामी, अस्थायी ट्राफीक प्रहरी पोष्ट बुडरका प्रहरी सहायक निरिक्षक हर्क बहादुर साउँद,  हेल्थ डेस्क बुडरका इन्चार्ज दिनेश बहादुर रोकाया, बजार व्यवस्थापन समितीका अध्यक्ष प्रेम बहादुर रावल रुबसकाँडा लघु उद्यमशिलता समितीका अध्यक्ष किशोर सिजाली लगाएत स्थानीय व्यापारी सहित करीब ३ सय जनाको सहभागी रहेको थियो ।

No description available.
सरसफाई कार्यक्रम हरेक महिनाको अन्तमा अनिवार्य रुपमा गर्ने र हरेक व्यापारी उद्योगपतीहरुले आ–आफनो होटल र पसलहरुमा अनिवार्य रुपमा कन्टेनर राखी फोहर थुपार्ने र नष्ट गर्ने एवं नगर्नेलाई जरिवाना समेत गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

No description available.

Leave A Reply

Your email address will not be published.