डोटीको ‘अवस्थी ’ गाउँ जाेरायल पालिकाकै दाेस्राे ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा

190

पाैष १९, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ३ को ‘अवस्थी’ गाउँ जाेरायल गाउँ पालिकाकै दाेस्राे गाउँका रुपमा ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको छ ।
जाेरायल गाँउपालिका र युनिसेफ नेपालकाे आर्थिक तथा प्राविधिक सहयाेगमा अवस्थी गाउँलाई साेमबार एक विशेष कार्यक्रमकाबिच गाउँपालिकाकै दाेस्राे गाउँका रुपमा ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो ।
जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले खानेपानी धाराको रिवन काटेर एवं व्यानर पढेर अवस्थी गाउँलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरेका हुन् ।
युनिसेफको ६ लाख ४ हजार रुपैंया, जोरायल गाउँपालिकाको ४ लाख रुपैंयाँ र २ लाख ५४ हजार बराबर स्थानीय जनश्रमदान गरी कूल १२ लाख ५८ हजार रुपैंयाको लागतमा अवस्थी गाउँका २६ घरधुरीमा खानेपानीका धारा निर्माण सम्पन्न भएको सो खानेपानी उपभोक्ता समितिका अध्यक्ष चित्रराज अवस्थीले जानकारी दिए ।
घरघरमा खानेपानीका धारा निर्माण गरिएपछि अवस्थी गाउँका कूल १ सय ५६ जना मानिस प्रत्यक्ष लाभान्वित भएको जाेरायल गाउँपालिका वास शाखा प्रतिनिधि निर्मल कुमार भाटले जानकारी दिए ।
अवस्थीगाउँलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न सफल भएकोमा सम्पूर्ण स्थानीय बासिन्दाहरुलाई बधाई दिंदै कृषि, शिक्षा, स्वास्थ्य खानेपानि , पाेषण लगाएतका अन्य समग्र विकासका लागि आफु लागि परेकाे जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
अवस्थीगाउँ खानेपानी आयाेजना र पालिकाभित्रका सम्पुर्ण खानेपानीको दीगोपनाका लागि समुदाय, उपभोक्ता समिति, सम्बन्धित वडा र जोरायल गाउँपालिकाले थप जिम्मेवार भएर लाग्नुपर्ने जोरायल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिनेश कुमार मल्लले जोड दिए ।
कार्यक्रममा बोल्ने अधिकांश स्थानीय बासिन्दाले अवस्थी गाउँमा कृषि क्षेत्र विस्तार, बस्ती स्तरिय घाेरेटाे गाेरेटाे बाटाे पिच, कृषि क्षेत्रमा लगानी, नमुना बस्ती निर्माण लगाएतका महत्वपूर्ण विषयमा स्थानीय सरकार र सबै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले अवस्थी गाउँ लगाएत समग्र गाउँपालिकाभरी जनताको सेवामा गाउँपालिका लागि परेको बताईन् ।
कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार मल्ल, वडा नं. ३ का वडा सदस्य बम बहादुर बाेहरा, गाउँपालिका खानेपानी सरसफाइ टेक्नेसियन सुरेश बहादुर चन्द, सुआहारा प्रतिनिधि, सिसिडिआरआर कार्यक्रम सामाजिक परिचालक भिम बहादुर राेकाया, जाेरायल गाउँपालिका वास शाखा प्रतिनिधि निर्मल कुमार भाट, स्थानिय बुद्धिजीवी लाल बाेहरा, समाजसेवी ज्ञानराज अवस्थी लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अवस्थि गाउँ खानेपानी उपभोक्ता समितिको तर्फबाट अध्यक्ष चित्रराज अवस्थीले प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा जाेरायल गाउँपालिकाले उपभोक्ता समितिलाई खानेपानीको शुद्धता मापन गर्ने किट, प्रमाणपत्र प्रदान गरिएको छ भने खानेपानी उपभोक्ता समिति, वडा र पालिकाबिच त्रिपक्षिय सम्झौतामा हस्ताक्षर सहित सम्झौता हस्तान्तरण समेत गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.