‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड-२०७८’ को आवेदन खुला

1,265

माघ ८, कैलाली ।

‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७८’ को लागि आवेदन खुला भएको छ ।

सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि धनगढीको आयोजनामा म्युजिक अवार्ड वितरण गर्न लागिएको हो ।

सुदूरपश्चिममा पहिलो पटक म्युजिक अवार्ड वितरण गर्न लागिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. का अध्यक्ष अनुप चन्द ठकुरीले जानकारी दिए । सुदूपश्चिममा हालसम्म कुनै पनि म्युजिक अवार्ड प्रदान कार्यक्रम नभएकोले सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि को आयोजनामा पहिलो पटक उक्त कार्यक्रम गर्न लागिएको चन्दले बताए ।
देउडा, चौधरी राना गीतहरु मध्येबाट बजारमा आएका गीत सङ्गीतका सर्जक, गायक  र प्राविधिकहरुले उक्त अवार्ड कार्यक्रममा सहभागिता जनाउन पाउने जनाइएको छ ।
चौधरी मौलिक गीत, राना मौलिक गीत, देउडा मौलिक गीत, फ्युजन देउडा, लोक देउडा विधाहरु अवार्डको लागि छनौट हुनेछन् भने अडियोतर्फ गीतकार, संगीतकार, एरेन्जर, गायक गायिका रहनेछन् ।
त्यस्तै भिडियो तर्फ मोडल (पुरुष), मोडल (महिला), छायांकार, सम्पादक र निर्देशक रहने आयोजकले जनाएको छ ।
अवार्ड प्रतिस्पर्धाको लागि माघ ४ गतेदेखि आवेदन फाराम खुल्ला गरीएको छ ।

Leave A Reply

Your email address will not be published.