एमाले नेता देवी ज्ञवालीलाई पितृ शोक
माघ ११, चितवन ।
भुमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष तथा नेकपा एमाले पोलिट व्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलाई पितृ शोक परेको छ । नेता ज्ञवालीका पिता बालकृष्ण ज्ञवालीको मंगलबार बिहान करिब सवा २ बजेतिर १०१ बर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय ज्ञवाली चितवनको कम्युनिष्ट आन्दोलनका अभिभावक मानिन्छन् ।
उनी २०४३ सालमा साविक मंगलपुर ३ बाट गाउँ पन्चायतको वडा सदस्य उम्मेदवार बनेका थिए । उनले व्रिटिश शैनिकमा रहेर लामो समय सेवा प्रदान गरेका थिए ।
पर्वत जिल्लाको बिहादी गाँउपालिकामा १९७८ साल भदौं ५ गते जन्मिएका स्वर्गिय बालकृष्ण २०३२ सालमा चितवनको भरतपुर ४ लक्ष्मिपुर बसाइसराई गरेर आएको परिवार श्रोतले जनाएको छ । उनका ३ छोरा २ छोरी छन् ।
स्वासप्रश्वासको समस्याबाट रहेका उनलाई घरमै राखेर उपचार गरिएको थियो । स्वर्गीय ज्ञवालीको शव आज मध्यान्ह १२ बजे भरतपुर ४ स्थित शिवघाटमा अन्त्येष्टि गरिने परिवार श्रोतले जनाएको छ ।