सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

528

माघ १२, डोटी ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका तीन वटै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट दलित कोटामा माओवादी केन्द्रका जगत पार्की, महिला कोटामा नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र अन्यतर्फ नेपाली काँग्रेसका नारायण मिश्र विजयी भएका हुन् ।
एमालेका दलिततर्फका उम्मेदवार नरेश विक, महिलातर्फका उम्मेदवार सन्तोषकुमारी शर्मा थापा र अन्यतर्फका उम्मेदवार डिल्लीराज भट्टलाई पराजित गर्दै उनीहरु विजयी भएका हुन् ।
बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशका ५२ प्रदेश सांसद र १७६ जना स्थानीय तहका प्रमुख, उप-प्रमुख गरी २ सय २८ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.