राष्ट्रिय सभामा जनमोर्चाको ‘इन्ट्री’

241

माघ १२, दाङ ।
गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा जाँदा राष्ट्रिय जनमोर्चालाई फाइदा भएको छ ।
सत्तारूढ गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट तुलप्रसाद विश्वकर्मा उम्मेदवार बनेका थिए ।
लुम्बिनीमा जनमोर्चाका एक प्रदेश सभा सांसद र पालिकाबाट चार जना मतदाता थिए ।
आज भएको निर्वाचनबाट रूपन्देहीका तुलप्रसाद राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी दलिततर्फ उम्मेदवार थिए ।
१९ पदमध्ये जनमोर्चाले एक पदमा उम्मेदवार उठाएको थियो ।
जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सांसद छिन् । उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभा सांसद छिन् । सेतोपाटीले समाचार लेखेको छ ।

Leave A Reply

Your email address will not be published.