गौरा मनाईने क्षेत्रमा भोलि सार्वजनिक विदा
भाद्र ९, डोटी ।
सरकारले भोलि गौरा पर्व मनाइने क्षेत्रमा सार्वजनिक विदा दिएको छ। मूख्य रुपमा गौरा पर्व मनाईने क्षेत्र सुदूरपश्चिमको प्रदेश सरकारले विदा नदिएको भए पनि संघीय सरकारले विदा दिएको हो ।
सुदूरपश्चिमको मौलिक धार्मिक साँस्कृतिक महत्वमो विशेष पर्व गौरा यस क्षेत्रमा धुमधामसाथ मनाईन्छ । पञ्चमीका दिनबाट विधिवत रुपमा शुरु भएको गौरा पर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याएका छन्।
भोलि गौराको मूख्य दिन अर्थात अठ्यावाली मनाउने गरिन्छ ।