दिपायल सिलगढी नगरपालिकाको लैङ्गिक हिंसा पीडित तथा प्रभावित व्यक्ति प्रेषण निर्देशिका मस्यौदामाथि छलफल

430

माघ २०, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको लैङ्गिक हिंसा पीडित तथा प्रभावित व्यक्तिलाई गुणस्तरीय सेवा उपलब्ध गराउने सम्बन्धि प्रेषण निर्देशिकाको मस्यौदामाथि विहीबार छलफल भएको छ ।
सम विकास केन्द्र नेपाल डोटीको सहयोगमा प्रतिमा शर्माले तयार गरेको प्रारम्भिक मस्यौदामाथि सरोकारवालाहरु बाट राय सुझाव सङ्कलन गरि निर्देशिकालाई पूर्णता दिन छलफल गरिएको सम विकास केन्द्र नेपालका कार्यक्रम संयोजक केशव परियारले बताए ।
कार्यक्रममा सहभागीहरुले निर्देशिका दुरदर्शि र व्यवहारिक हुनुपर्ने भन्दै विभिन्न बुदाहरुमा रचनात्मक सुझाव औंल्याएका थिए ।
निर्देशिका, ऐन, कानुन बनाउनु मात्रै उपलब्धि नहुने र त्यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुने दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले बताइन् ।
कुनै पनि हिंसाजन्य घटनामा महिला होस् वा पुरुष, दोष अर्थात कमजोरी पत्ता लाएर पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउनसक्नुपर्नेमा उनलेे विशेष जोड दिइन ।
उक्त छलफल कार्यक्रममा डोटीमा लैङ्गिक हिंसाका क्षेत्रमा क्रियाशील सरकारी तथा गैह्र सरकारी निकायका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेकोे थियो ।

Leave A Reply

Your email address will not be published.