प्रेस चौतारीद्वारा २४ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल र बृद्धाश्रममा फलफूल वितरण
माघ २२, डोटी ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल डोटी र पुज्य धर्मान्तक बृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।
जिल्ला अस्पतालमा बेड भर्ना भएका ६ जना तथा पुज्य धर्मान्तक वृद्धाश्रममा आश्रय लिएर बसेका ३ जना गरि ९ जनालाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको हो ।

प्रतिकुल मौसम र कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण न्यून उपस्थितिमा फलफूल वितरण गरिएको प्रेस चौतारी नेपाल डोटी शाखाले जनाएको छ ।
फलफूल वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य झलक पाली, डोटी जिल्ला कमिटी उपाध्यक्ष सरस्वती साउँद, सचीव तेजु ओली, सदस्य बिमल रोकाया लगाएत जिल्ला अस्पतालका कर्मचारी र बृद्धाश्रमका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

वि.सं. २०५५ साल माघ २२ गते विधिवत् रूपमा स्थापना भएको प्रेस चौतारी नेपालले शनिबार देशभर विविध रचनात्मक कार्यक्रम गरेर मनाइरहेको छ ।


