फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

217

फाल्गुन ८, डोटी ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फ़ेरि  बढाएको छ । शनिबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँले  बढाइएको निगमका सह-प्रवक्ता पुष्कर कार्कीद्वारा हिजो फाल्गुन ७ गते जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरको १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।
पेट्रोलियम पदार्थको यो मूल्य हालसम्मकै उच्च हाे ।
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको पालामा छोटो अवधिमा लगातार पेट्रोलियम पदार्थको मुल्य वृद्धि भैरहेको छ ।
यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो ।

Leave A Reply

Your email address will not be published.