नेपाल प्रहरीमा १८ एसपीको सरुवा, ७ जिल्लाका प्रमुख फेरिए
फाल्गुन ९, डोटी ।
प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । आइतबार ती प्रहरी अधिकारीको सरुवा भएको हो ।
सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । जसमा रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, डोटीमा शारदाप्रसाद चौधरीलाई पठाइएको छ ।
यस्तै शेखर खनाललाई सम्पत्ति सुद्धिकरण बिभागमा सरुवा गरिएको छ ।
डोटीका प्रहरी उपरीक्षक दान बहादुर मल्ललाई मानव बेचबिखन अनुसन्धान ब्यूरो अनुसन्धान व्यवस्थापन शाखामा सरुवा गरिएको छ ।