राष्ट्रिय युवा संघको प्रथम जोरायल गाउँपालिका सम्मेलन सम्पन्न, अध्यक्षमा खड्का
फाल्गुन २१, डोटी ।
नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालको प्रथम जोरायल गाउँपालिका सम्मेलन शनिबार सम्पन्न भएको छ ।
सम्मेलनबाट खगेन्द्र खड्काको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा खगेश बोहरा, सचिवमा लाल नेपाली, कोषाध्यक्षमा खगेन्द्र भण्डारी, सह-सचिवमा शेर बहादुर बोगटी र रोशन भारती गरि ४३ सदस्यीय कमिटी गठन गरिएको जनाइएको छ ।
सम्मेलनमा नेकपा एमाले दशौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, विभिन्न जिल्ला कमिटी सदस्यहरु, राष्ट्रिय युवा संघ नेपाल डोटी जिल्ला संयोजक गम बहादुर खत्री, एमाले जोरायल गाउँ कमिटी अध्यक्ष तीर्थ राज भण्डारी लगाएत नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।