लोकतान्त्रिक आदिवासी जनजाति महासंघको सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न, अध्यक्षमा राना चयन

389

फाल्गुन २२, कैलाली ।
नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अधिवेशन आइतबार कैलालीको धनगढीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट कैलालीका मोतीराम रानाको अध्यक्षतामा ७५ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ ।
कमिटिको उपाध्यक्षमा डोटीका खेम घर्तीमगर र कैलालीका ग्रिष्मा चौधरी, सचिवमा कञ्चनपुरका कमला चौधरी, कोषाध्यक्षमा कैलालीका अञ्चला चौधरी तथा सह–सचिवमा कैलालीका रामचन्द्र कठरीया र दार्चुलाका हितेष बुढाथोकी रहेका छन् ।
यस्तै कमिटिमा डोटीका सुरज रोका सहित अन्य विभिन्न जिल्लाका सदस्यहरु रहेका छन् ।

No description available.
जनजाती महासंघका नेता तथा पूर्व वन तथा वातावरण मन्त्री नारदमुनी रानाको अध्यक्षता एवं नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेशनमा सहभागिहरुलाई चक्र घर्तीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, जनजाति महासंघका केन्द्रीय अध्यक्ष गोकुल घर्ती, महासचिव पेम्बा गुरुङ भोटे, एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा लगाएतका नेताहरू सहभागि रहेको कार्यक्रममा सहभागि जनजाति महासंघ डोटीका अध्यक्ष बिर बहादुर दर्लामीले नजर अनलाईन लाई कैलालीबाट जानकारी दिए ।

No description available.

Leave A Reply

Your email address will not be published.