निमार्ण व्यवसायी संघ डोटीको अध्यक्षमा पाठक

515

चैत्र १९, डोटी ।

निर्माण व्यवसायीहरुको साझा संगठनका निमार्ण व्यवसायी संघ डोटीको अध्यक्षमा घनश्यामदत्त पाठक सर्वसम्मत चयन भएका छन् ।
संघको ८ औं साधारणसभा तथा अधिवेशनबाट पाठकको नेतृत्वमा  सर्वसहमत १७ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा बम बहादुर खड्का, उपाध्यक्षमा तेज बोहरा, महासचिवमा केपी माझी, उप–महासचिवमा शिव बहादुर खड्का, सचिवमा अनुज श्रेष्ठ, कोषाध्यक्षमा शिव साउँद रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरूमा गणेश बहादुर ऐर, कृष्ण बहादुर लुहार, जगत खडका, डम्बर विष्ट, राजेश भट्ट, पुष्कर नेगी, भेषराज जोशी, अम्मरराज उपाध्याय, रूपेश श्रेष्ठ र सुशील मलासी रहेकोे नव गठित समिति सदस्य गणेशबहादुर ऐरले नजर अनलाइनलाई जानकारी दिए ।
अधिवेशन दिपायल सिलगढी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.