एमाले उम्मेदवार जिताउन अनेरास्ववियु डोटीले टिम खटाउने
प्रेम नेपाली
बैशाख ४, डोटी ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरु जिताउन अनेरास्ववियु डोटीले आफ्नो नेता कार्यकर्ता खटाउने भएको छ ।
डोटीको सिलगढीमा शनिबार सम्पन्न अनेरास्ववियु डोटीको पहिलो एवं पूर्ण बैठकले सो निर्णय गरेको हो ।
जसका लागि विभिन्न नेता कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको अनेरास्ववियु डोटीका अध्यक्ष वीर बहादुर बिष्टले जानकारी दिए ।
अनेरास्ववियु केन्द्रिय सदस्य एवं डोटी जिल्ला इन्चार्ज डबल बोहराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले डोटी जिल्ला कमिटीमा ६ जना मनोनीत गरि १३ जनाको सचिवालय समेत गठन गरिएको जनाइएको छ ।