मादक पदार्थ सेवन गरी होहल्ला गर्ने धनगढी उपमहानगरपालिका ३ का वडाध्यक्ष पक्राउ

421

भाद्र १०, धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलबहादुर ऐर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई पक्राउ गरिएको हो।

आज वडा अध्यक्ष ऐरले धनगढीमा ससुराली भएका भारतीय नागरिकलाई त्रिनगर नाका भएर प्रवेश अनुमती दिएका थिए। उनी आफै जिम्मा समेत बसेका थिए। तर स्थानीय प्रशासनले भारतीय नागरिकलाई ल्याउन नपाईने भन्दै फिर्ता पठाएपछि नाकामा विवाद भएको थियो। सोही विवादका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। – सुदूरखबरबाट

Leave A Reply

Your email address will not be published.