दार्चुलामा ट्याक्टर दुर्घटना, १ को मृत्यु, ५ गम्भीर घाइते
भाद्र १०, दार्चुला।
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। जिल्लाको मार्मा गाउँपालिका–१ रातापानीमा बुधबार दिउँसो १ बजे ट्याक्टर दुर्घटना भएको हो।
मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्चार्ज एवं प्रहरी निरीक्षक कमलबहादुर बिष्टले जानकारी दिए।
उनका अनुसार गम्भीर घाइते हुनेमा मार्मा गाउँपालिका–१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिंह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिंह लोथ्याल रहेका छन्।
घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।
मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट चामल र मानीस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण खुल्न सकेको छैन। टेक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अमरगढी एफएमबाट