डोटीको आदर्शमा स्थायी ना.प्रा.स.को प्रमुख प्रशासकीय अधिकृतले म्याद थप गरिदिएपछि ….
झलक पाली
भाद्र १०, डोटी
डोटीको आदर्श गाउँपालिकाका एक स्थायी कर्मचारीलाई प्रमूख प्रशासकीय अधिकृत सुरत परियारले म्याद थप गरेको पत्र यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ ।
गाउँपालिकाको कृषि विकास शाखामा कार्यरत स्थायी कर्मचारी ना.प्रा.स. खेमराज पाठकलाई गाउँपाकिलाको २०७७ आषाढ ३१ गतेको गाउँसभाको निर्णय भन्दै २०७७ पौष मसान्तसम्मका लागि म्याद थप गरेको पत्र थमाईएपछि उक्त पत्र सामाजिक सञ्जालमा छाएको छ । पत्र अनुसार पाठकलाई सो गाउँपालिकाको वडा नं. ३ मा हाजिर भई कामकाज गर्न र वडा नं. ७ मा समेत तोकिएको कामकाज गर्न भनिएको छ ।

यहि भाद्र ८ गतेको मितिमा जिम्मेवारी तोकिएको उक्त पत्र स्वयं ना.प्रा.स. पाठकले सामाजिक सञ्चालमा राखेपछि धेरैले आलोचनात्मक स्टाटस सहित पत्र पोष्ट गरेका छन् ।
यस विषयमा बुझ्दा आदर्श गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सुरत परियारले भुलबस भएको मानवीय त्रुटी स्विकार्दै पत्र सच्याईएको जनाएका छन् ।
सच्याईएको मिति २०७७ भाद्र ९ गतेको पत्रमा अघिल्लो पत्रमा अन्यथा भएकोले पाठकलाई कृषि इकाइमा कामकाज गर्न एवं गाउँपालिकाको वडा नं. ३ र ७ मा पनि जिम्मेवारी तोकिएको जनाईएको छ ।
