डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन सम्बन्धि ३ दिने अभिमुखिकरण शुरु
असार ८, डोटी ।
डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।
युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रम शुरु भएको हो ।
अभिमुखिकरण कार्यक्रममा बाल अधिकार प्रवर्द्धनका लागि स्थानीय सरकारले खेल्नुपर्ने भुमिका, पूरा गर्नुपर्ने सूचकहरुमा केन्द्रित रहेर छलफल गरिने सहजकर्ता एवं अधिवक्ता झंकर कुँवरले बताए ।
कार्यक्रममा जोरायल गाउँपालिकाको ६ वटै वडाका विभिन्न १० वटा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका जम्मा २५ जना बालबालिका सहभागी रहेको जोरायल गाउँपालिकामा कार्यरत बाल केन्द्रित विपद जोखिम न्यूनीकरण (सिसिडिआरआर) कार्यक्रमका सामाजिक परिचालक भीम रोकायाले जानकारी दिए ।