मेरो नातेदारले सम्बन्धको दुरुपयोग गरेका छैनन् : ईश्वर पोखरेल

191

भाद्र १०, काठमाडौं ।
उप–प्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गरेका छन् । उनले बुधबार फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफूसँगको नाता सम्बन्धको आधारमा कानूनी व्यवस्था उलंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता नभएको र आफ्नो नाम जोडेर गरिएको प्रचारबाजीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले लेखेका छन् ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्।’
कहींकतै आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने पनि पोखरेलले बताएका छन् ।
अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको थियो ।
पोखरेलले सामाजिक सञ्जालमार्फत यसै विषयमा आफ्नो प्रष्टीकरण दिएका हुन् ।

Leave A Reply

Your email address will not be published.