एनआरएन लघुवित्त वित्तीय संस्थाद्वारा अछामका बाढी प्रभावित क्षेत्रका सदस्यको ऋण मिनाहा 

1,225

गम बहादुर खड्का 

भाद्र १०, अछाम ।

यहि भाद्र २ गते अछामको रामारोशन–५ सैनीबजार क्षेत्रमा कैलाश खोलामा आएको बाढीले प्रभावित एनआरएन लधुबित्त बित्तिय संस्था लीमिटेडका ऋणी सदस्यहरुको ऋण मिनाहा गरेको छ ।

सँस्थाबाट व्यवसाय गर्नलाई  कर्जा लीई कारोबार गरीरहेका  तर बाढीमा परी व्यवसाय क्षती भएका ३ जना सदस्यहरु ललीता शाह,अनिता शाह र मन्सरी देवी रावललाई जनहि २० हजारका दरले रु ६० हजार नगद एनआरएन लघुबित्तका नायब प्रमूख कार्यकारी अधिकृत बखत बहादुर बटालाले बुधबार प्रदान रेका छन् ।
यसै गरी एक मृतक ऋणी सदस्यले लिएको कर्जा  रकम १ लाख ४८ हजार ३२ रुपैया ऋण मिनाहा गरेको हो ।

त्यस्तै सँस्थाका बचतकर्ता सदस्य चित्रा कुमारी सिंहको किराना पसल पनि बाढीले बगाएर पूर्ण क्षती भएकाले उनलाई पनि राहत स्वरुप रु १० हजार आर्थीक सहयोग गरीएको शाखा कार्यालय मुजाबगर अछामका शाखा प्रबन्धक ललीत रावलले जानकारी दिए।

उक्त बाढीमा परी १७ जना मानिस वेपत्ता भएका थिए । जसमध्ये ८ जनाको शव फेला परेको छ भने बाँकी ९ जना अझै वेपत्ता रहेको र उनिहरुको खोजि कार्य जारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.