नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस मनाइदै

272

साउन ७, डोटी ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
पुष्पलालको स्मृतिमा नेकपा एमालेसङ्गै अन्य कम्युनिष्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदैछन् ।
२००६ सालमा भारतको कोलकतामा कम्युनिष्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव थिए ।
वि.सं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रुपले सशक्त र प्रेरणादायी नेताका रुपमा चिनिन्छन् । यद्यपी बाम नेताहरुले भने पुष्पलालको महत्व र सिद्दान्तका बारेमा कम्युनिष्ट पार्टीहरुले बिर्सदै गएको आरोप लगाएका छन् । श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषि क्रान्तिको आवश्यकता अहिलेसम्म उत्तिकै महत्वपूर्ण रहेको कम्युनिष्ट नेताहरुको दावी छ ।
पुष्पलालको स्मृतिमा नेकपा एमाले डोटीले सिलगढीमा रहेकोे आफ्नो पार्टी कार्यालय परिसरमा बिहानै ७:३० बजेतिर वृक्षारोपण गर्ने र जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरेको एमाले डोटी सचिव शेर बहादुर मल्लले जानकारी दिए ।
वृक्षारोपण तथा बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा सहभागिताका लागि एमाले डोटी अध्यक्ष चक्र मल्लले उपलब्ध सबै नेता, कार्यकर्ता र शुभचिन्तकहरुमा आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.