राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा सुदूरपश्चिमका ९ वटै जिल्लाको अधिवेशन तालिका सार्वजनिक

1,334

साउन १, डोटी ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ९ वटै जिल्ला कार्य समितिको अधिवेशन तालिका सार्वजनिक गरेको छ ।
प्रदेश कार्यसमिति, सल्लाहकार, पूर्व र वर्तमान केन्द्रिय सदस्य, ९ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधि सहित कैलालीको लालपुरमा असार ३२ गते शनिबार बसेको प्रतिष्ठानको नियमित तथा विस्तारित बैठकको निर्णय अनुसार जिल्ला अधिवेशन तालिका सार्वजनिक गरेको हो ।
जस अनुसार आगामी भाद्र २६ गते दार्चुला, भाद्र २७ गते बैतडी, भाद्र २९ गते बझाङ, भाद्र ३१ गते डोटी जिल्ला अधिवेशन हुने भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष पदम बहादुर धामीले बताए ।
त्यस्तै असोज २ गते बाजुरा, असोज ३ गते अछाम, असोज ५ गते डडेल्धुरा, असोज ७ गते कञ्चनपुर र असोज ८ गते कैलालीको जिल्ला अधिवेशन मिति तोकिएको उनलेे बताए ।
सबै विधाका कलाकार र कलाप्रेमिहरुको साझा संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको जिल्ला कार्यसमितिको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ ।
जिल्ला अधिवेशन लगत्तै प्रदेश अधिवेशन र केन्द्रिय अधिवेशन पनि हुने प्रतिष्ठानले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.