नेपाल स्वयंसेवक संघ डोटीको अध्यक्ष धन बहादुर कुमाल

538

भाद्र ११, डोटी।
नेपाल स्वयंमसेवक संघको डोटी जिल्ला कमिटी गठन भएको छ । नेपाल स्वयंमसेवक संघ सुदूरपश्चिम प्रदेश कमिटिले बुधबार डोटी जिल्ला कमिटी अध्यक्षमा धन बहादुर कुमाललाई तोकेको छ। कुमालको अध्यक्षतामा १७ सदस्यीय कमिटि चयन गरेको हो ।
देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघको उपाध्यक्षमा गणेश दाहाल, सचीवमा सागर नागरी, सह–सचीव निर्मला बडैला, कोषाध्यक्ष शुसिला साउँद, जिल्ला प्रवक्तामा योगेन्द्र नागरी र जिल्ला सदस्यहरुमा गायत्री साउँद, मोहन ठकुल्ला, जीवन थापा, विनोद जोशी, जीवन कुँवर, निसा अवस्थी, डम्मरी ढाँट, भावना मलासी, सुरेश रोकाया, अर्जुन बटाला र निरज मास्की रहेका छन् । संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष नवीन थापा र प्रदेश महासचिव नरेन्द्र सिंह बोहराद्वारा हस्ताक्षरित पत्रमा उक्त जानकारी दिईएको छ।
उक्त संघको देशभर संगठन विस्तार रहेको छ ।

Leave A Reply

Your email address will not be published.