डोटी सायलका कटे ओली भारतको पलियाबाट ३ दिनदेखि सम्पर्कविहीन
खोजीमा सहयोग गरिदिन आफन्तको आग्रह
असोज ३, डोटी ।
डोटीको सायल गाउँपालिका वडा नं २ सिर्मा घर भएका अन्दाजी ४१ वर्षीया कटे ओली भारतको पलियाबाट सम्पर्कविहीन भएका छन् ।
कामको शिलशिलामा भारत गएका ओली नेपाल फर्किने क्रममा पलियाबाट असोज १ गते शनिबारदेखि सम्पर्कमा नरहेको जनाइएको छ ।
उनको खोजी गरिदिन भारतको बैङ्लोरमा रहेका उनका भतिजा हर्क ओलीले निरन्तर आग्रह गरेको सायल गाउँपालिका २ घर भइ हाल धनगढी बस्दै आएका गणेश ओझाले बताए ।
भारतको आन्द्रा प्रदेशको बिसाखापाटनबाट यही सेप्टेम्बर १३ तारीखमा घरको यात्रामा हिडेका ओली पलिया पुगेपछि दुई दिनसम्म त्यहीँ बसेको बताइएको छ ।
गएको शुक्रबार बेलुकीसम्म आफन्तको सम्पर्कमा रहेका ओलीको शनिबारदेखि मोबाइल समेत अफ रहेकोे उनका आफन्तले बताएका छन् ।
उनको साथमा आएका अरु मानिसहरू भने नेपाल पुगिसकेका छन् । साथमा को-को थिए भन्ने जानकारी प्राप्त गर्न सकिएको छैन ।
उनको अवस्था पत्ता लगाउन सबैलाई आग्रह गर्दै जुनसुकै अवस्थामा पनि फेला पार्ने महानुभावहरुले बैङ्लोरकाे लागि इश्वर ओलीको मोबाईल ७६२४९५४४६० र उनको छोरा तिलक ओलीकाे मोबाईल ८८६७८४३१४० मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
त्यस्तै बिक्रम बोहरा ९०१४०८११३०, हर्क ओली ९१८५२२०५९३५६, जया बोहरा ९१९२८९७०२१३३, किर्सन थापा ९१९११०७८८८७१ तथा नेपालको लागि दल बहादुर ओलीको मोबाइल नम्बर ९८६८५५३७४८ मा सम्पर्क गरिदिन उनका आफन्तले अनुरोध गरेका छन् ।