डोटीमा एक लाख पुरस्कार राशिको प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता हुने

537

असोज ५, डोटी ।
डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।
सिलगढीमा रहेको भैरवप्रसाद गण, दिपायल सिलगढी नगरपालिका वडा नम्बर–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ ।
हिन्दुहरुको महान चाड दशैं र तिहारको अवसरमा यही असोज ८ गते देखी १० गतेसम्म सिलगढीको टुडिखेलमा प्रतियोगिता हुने बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।Нет описания.
गोल्डकप प्रतियोगितामा विजेता टिमलाई नगद रु. १ लाख तथा उप-विजेता टिमलाई नगद रु. ५० हजार सहित ट्रफि र प्रमाण-पत्र प्रदान गरिने भैरवप्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिए ।
डोटी जिल्लामा पहिलो पटक आयोजना हुने गोल्डकप प्रतियोगितमा डोटी, डडेल्धुरा, कैलाली, बाजुरा, अछाम, बैतडी, भैरवप्रसाद गण र डोटी उद्योग वाणिज्य संघको टिम गरि जम्मा ८ वटा टिम सहभागिता हुनेछन् ।
प्रतियोगिताको लागि दिपायल सिलगढी नगरपालिका-६ ले नगद रु. १ लाख सहित व्यवस्थापन सहयोग रहेको सो वडाका वडा सचिव एवं नेपाल भलिबल संघका केन्द्रीय सदस्य राज बहादुर खड्काले बताए ।Нет описания.
त्यस्तै जिल्ला अस्पतालले नगद रु. ५० हजार सहित व्यवस्थापन, स्वास्थ्यकर्मी सहितको सहयोग गर्ने अस्पतालका अध्यक्ष धन बहादुर नेपालीले बताए । बाँकी व्यवस्थापन भैरवप्रसाद गणले गर्ने जनाइएको छ ।
सुदूरपश्चिमका सबै जिल्लाका खेलाडीहरु जम्मा पारेर खेलकुद विकास सङ्गै यहाँको कला संस्कृती देखाउनुको साथै सिलगढीका परम्परागत घरहरूमा होमस्टेको प्रर्बद्धन गर्ने पनि उद्धेश्य रहेको भैरवप्रसाद गणका गणपति कार्कीको भनाइ छ । जिल्ला बाहिरबाट आउने खेलाडीहरुलाई खाना, बसोबास तथा यातायातको समेत व्यवस्था गरिएको उनले बताए ।

Нет описания.
जिल्लामै पहिलो पटक गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको र यसलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने दिपायल सिलगढी नगरपालिका–६ का वडा अध्यक्ष नरेश मलासीले जोड दिए ।  जिल्ला खेलकुद समिति डोटीका पूर्व अध्यक्ष र राष्ट्रिय खेलाडी समेत रहेका मलासीले डोटीमा खेल क्षेत्रमा विकास गर्न केन्द्र र प्रदेश सरकारले ध्यान दिन नसकेको पनि बताए ।
शैलेश्वरी मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनमा डोटी जिल्लामा क्रियाशील विभिन्न सञ्चारकर्मीहरु सहभागी रहेका थिए ।

पत्रकार सम्मेलनमा दिईएको छोटो जानकारी भिडियोमा हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.