सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा पुरुष भलिबलको स्वर्ण डोटीलाई
असोज ६, डोटी ।
बुधबार धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हात पारेको हो ।
आज भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
धनगढीको कवर्डहलमा सम्पन्न प्रतियोगितामा यसभन्दा पहिले डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको थियो ।