सुदूरपश्चिमका चर्चित कलाकार चक्र बमको ‘ओइ काजल’ करोड क्लबमा
झलक पाली
भाद्र १२, डोटी
बहुप्रतिभाशाली सुदूरपश्चिमका चर्चित कलाकार चक्र बमको फरक शैलीको पछिल्लो गीत ‘ओइ काजल’ करोड क्लबमा पुगेको छ ।
गत असार २२ गते अर्थात ६ जुलाई २०२० मा गायक स्वयंकै चक्र बम युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत करोड क्लबमा पुगेको हो ।
उनको कलाकारिता जीवनमै पहिलो गीतका रुपमा ‘ओइ काजल’ गीत करोड क्लबमा पुगेको हो । यो समाचार तयार पार्दासम्म गीतको १ करोड १३ हजार ६ सय ९५ भ्यूज पुगेको छ ।
सुदूरपश्चिमेली शब्दहरु राखेर कुमाउ गड्वाली शैलीमा आफ्नै शब्द, सँगीत, स्वर र अभिनय समेत रहेको गीतले दर्शक तथा श्रोताहरुको मन जितेको छ । गीतको भिडियोमा गीता ढुङ्गानाले साथ दिएकी छन् ।
उक्त गीतको एरेञ्ज पछिल्लो समयका उत्कृष्ट एरेञ्जर केशव बडुले गरेका छन् भने मिक्सिङ्ग र मास्टरिङ्ग श्यामश्वेत रसाईलीले गरेका हुन् ।
प्रिज्म डिजिटल रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट किरन विश्वकर्मा हुन् भने गीतमा बाँसुरी गोपाल देव, गितार र मेन्डोलिन सञ्जिव बराईलीले भरेका हुन् ।
चर्चित निर्देशक तथा मोडल विक्रम चौहानले निर्देशन गरेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन तथा कलरिङ्ग मिलन विश्वकर्माले गरेका हुन् ।
गीत सफल बन्नुमा आम दर्शक तथा श्रोताहरुले गरेको माया र गीत उत्पादनमा जोडिएका सबैलाई कलाकार बमले विशेष धन्यवाद दिएका छन् ।
शब्द सिर्जना, सँगीत सिर्जना, गायन, अभिनय सबै क्षेत्रमा उत्तिकै दख्खल राख्ने कलाकार बमले मौलिक डेउडा, फ्युजन गीत, डिजे गीत लगाएतका विभिन्न धारका गीतहरु बजारमा ल्याएका छन् ।
विशेष गरी ‘नाच मेरी झुमा’ गीतबाट चर्चा बटुलेका कलाकार बमका पछिल्लो समयमा ‘चुइगम पड्काउन्या, दारु सड्काउन्या, डिजेवालाले, विद्यानाश लगाएतका थुप्रै गीतहरुले उत्तिकै चर्चाको शिखर चुमेका छन् ।
दर्शक श्रोताहरुको मायाले आफुलाई कलाकारिता क्षेत्रमा थप उत्साहित भएर काम गर्ने हौसला प्राप्त भएको कलाकार बमले नजर अनलाईनलाई बताए ।
उनले अहिलेसम्म दर्जनौं गीतहरुमा स्वर दिईसकेका छन् भने सैयौं गीतहरुमा अभिनय गरिसकेका छन् ।

गीतका शब्दहरु –
ओए काजल… ओए काजल…
नजर लागली होइ, नजर लागली
नजर लागली दुनियाँ भैगो पागल
ओए काजल…
ओए काजल आँखी लगाइदे गाजल…३
हिलवाला जुतत्ती नला ओए काजल
लालवाली कुर्ति नला ओए काजल
दुनियाँलाई मुन्नि प्यारी ओए काजल
मलाई तेरि चुन्नी प्यारी ओए काजल
ओए काजल…
ओए काजल आँखी लगाइदे गाजल..३
घुगुरु बजा पायल बजा ओए काजल
हल्का सजा हल्का लजा ओए काजल
साइ उसी अप्सरा जसी ओए काजल
के गर्छै पाउडर घसी ओए काजल
ओए काजल…
ओए काजल आँखी लगाइदे गाजल…३
नौतुनाको रेलगाडीमा ओए काजल
सङ्गै चडी चिलगाडीमा ओए काजल
घुमाउलो नैनितालसम्म ओए काजल
कुमाउदेखि गडवालसम्म ओए काजल
ओए काजल…
ओए काजल आँखी लगाइदे गाजल… ३
नजर लागली होइ नजर लागली
नजर लागली दुनियाँ भैगो पागल
ओए काजल…
ओए काजल आँखी लगाइदे गाजल…३