वायु प्रदुषण मापन गर्न डोटीको सिलगढीमा ‘डिजिटल डिस्प्ले बोर्ड’ जडान

614

भाद्र ११, डोटी

वायु प्रदुषण मापन गर्नका लागि डोटीको सिलगढीमा ‘डिजिटल डिस्प्ले बोर्ड’ जडान गरिएको छ ।
संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको वातावरण विभागले जिल्ला प्रशासन कार्यालय डोटीको प्रवेश गेट नजिकै सार्वजनिक स्थलमा उक्त बोर्ड जडान गरेको हो ।
देशका विभिन्न स्थानमा बोर्ड जडान गरी वायु प्रदुषणको अवस्था पत्ता लगाउने र सोहि अनुसार विस्तृत योजना बनाई कार्यान्वयन गर्ने उद्धेश्यले बोर्ड जडान गरिएको वातावरण विभागका प्रवक्ता तथा उप–महानिर्देशक ईन्दु विक्रम जोशीले जानकारी दिए ।
काठमाण्डौबाटै कन्ट्रोल हुने गरी राखिएको उक्त बोर्डले प्रदुषणका सूचना दिने र इन्टरनेटका माध्यमबाट सञ्चालन हुने जोशीले बताए ।
उक्त बोर्डमा डोटी जिल्लाका सार्वजनिक महत्वका सूचना सन्देशहरु वातावरण विभागमा पठाउनुपर्ने र विभागले ति सन्देशहरु पनि उक्त बोर्डमा राखी सर्वसाधारणलाई सुसूचित गर्न सकिने उप–महानिर्देशक जोशीले बताए ।
वातावरण विभागले दिपायल सिलगढी नगरपालिकासँग समन्वय गरी सार्वजनिक जग्गा माग गरी उक्त बोर्ड जडान गरिरहेको डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।
बोर्डको संरक्षणको दायित्व भने डोटीका आम सरोकारवालाकै रहेको प्रजिअ भट्टराईले बताए ।

Leave A Reply

Your email address will not be published.