एमाले अध्यक्ष केपीशर्मा ओली झापा–५ बाट विजयी
मंसिर ७, डोटी ।
नेकपा (एमाले) का अध्यक्ष
एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बन्नुभएको छ ।
निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५२,३१९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३,७४३ मत ल्याउनुभएको छ ।
उनीहरुको मतान्तर २८,५७६ रहेको छ ।
अध्यक्ष ओली योसँगै छ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यसै क्षेत्रबाट विजयी भइसक्नुभएको छ ।