डोटीको पुर्वीचौकी – १, स्थित भगवती आधारभूत विद्यालयमा ‘पढाई मेला’ सम्पन्न

632

मंसिर २९, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिका १, खिरसैन, तल्लो फुलोट, पटकानीस्थित भगवती आधारभूत विद्यालयमा ‘पढाई मेला’ सम्पन्न भएको छ ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको साझेदारीमा संचालित समावेशी तथा गुणस्तरीय शिक्षा प्राविधिक कार्यक्रमको सहयोगमा उक्त विद्यालयले मेलाको आयोजना गरेको हो ।
प्रारम्भिक तहमा अध्ययनरत बालबालिकालाई पढाईप्रति सचेतना अभिवृद्धि गर्न सहयोग गर्ने, बालबालिकालाई स्वअध्ययनको लागि अभिप्रेरित गर्ने, अभिभावक तथा समुदायलाई पढाईको महत्वबारे सचेतना अभिवृद्धि गर्ने, बालबालिकाको पढाई वतावरण बनाउने, स्थानीय श्रोत सामाग्री प्रयोग गरि शैक्षिक सामाग्री तयार गर्ने र बालबालिकाहरुको पढ्ने, बुझ्ने र सिक्ने सिप विकासका लागि पढाई मेला आयोजना गरिएको सिडिसीका फिल्ड अधिकृत जीत बिकले जानकारी दिए ।
कार्यक्रममा पढाई गति मापन, हाजिरीजवाफ प्रतियोगिता र साँस्कृतिक प्रतियोगिता समेत सञ्चालन गरिएको उक्त विद्यालयका प्रधानाध्यापक क्षेत्र बहादुर खड्काले जानकारी दिए ।
सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण सिं डौडीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीयबासिन्दा, शिक्षक, विद्यार्थी, पत्रकार लगाएतको सहभागिता रहेकोे थियो ।

Leave A Reply

Your email address will not be published.