एमाले सुदूरपश्चिम संसदीय दलकाे नेतामा रावल र उप-नेतामा थापा चयन

356

पुस १६, डोटी ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल र उप नेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन भएका छन् ।
शनिबार कैलालीको अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीकाे अध्यक्षतामा बसेकाे संसदीय दलकाे बैठकले सर्वसम्मत उक्त निर्णय गरेको एमाले प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।
कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रावल एमाले पाेलिट ब्युराे सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्ज हुन् भने उप नेता थापा एमाले केन्द्रीय सदस्य तथा कैलाली सह-इन्चार्ज हुन् ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेका ३ प्रत्यक्ष र ७ जना समानुपातिक गरेर १० जना प्रदेशसभा सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.