कविता : म त्यो देशको नागरिक हुँ !

277

– मिलन परियार ‘भुइँमान्छे’

म त्यो देशको नागरिक हुँ
जहाँ
दिउँसै लालटिन बालेर
सरकार खोजी हिड्नुपर्छ
१७ हजारको रगतले लेखिएको
एकथान संविधान
कानुन
नियम
न्यायालय
प्रहरी
प्रशासन
सबै छन
तर
ती सबै
जात व्यवस्था
र
पितृसत्ताले चलाउँछ
जात व्यवस्थाले
एकल जातीय शासकमाथि औंला उठाएको
ठीक मान्दैन
पितृसत्ताले
पोथी बासेको मन् पराउँदैन
त्यसैले त
अङ्गिरा पासी
नवराज बिक
निर्मला कुर्मीहरुको चित्कार सुन्दैनन्
बरु
न्याय माग्ने रुबिहरूलाई
पुलिस लगायर
धरपकड
अनी सडकबाट
पक्राउ गर्छ
म त्यो देशको नागरिक हुँ
जहाँ
अपराधीलाई
सांसद,मन्त्री बनाउँछ
बरु
न्याय माग्नेहरूलाई
मुद्दा चलाएर जेल कोचिदिन्छ..!
रचना मिति : २०७९-१०-११

(डोटी, सिलगढी घर भै हाल धनगढी, कैलाली बस्ने लेखक पत्रकार एवं समाजसेवी हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.