डोटीमा ‘जोरायल महोत्सव – २०७९’ आयोजना हुँदै
चैत्र १०, डोटी ।
“शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मूल नाराका साथ डोटीमा ‘जोरायल महोत्सव -२०७९’ आयोजना हुने भएको छ ।
युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा यही चैत्र २५ देखी २९ गतेसम्म ५ दिन महोत्सव आयोजना गर्ने तयारी थालिएको क्लबका अध्यक्ष पवन कुमार शाहुले जानकारी दिए ।
प्रथम पटक आयोजना हुन गइरहेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, कृषि मेला प्रदर्शनी, पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार, स्वास्थ्य उपचार सेवा, खेलकुद प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, स्थानीय मौलिक कला, सीप र संस्कृति झल्किने प्रस्तुतिहरु मुख्य आकर्षक रहने जनाइएको छ ।
महोत्सवका लागि आवश्यक श्रोत संकलन र सरोकारवालाबा सुझाव सल्लाह लिने काम घनिभुत पारिएको आयोजक युनिक युथ स्पोर्ट्स क्लबले जनाएको छ ।