जोरायलको सिराडमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि समुदाय स्तरीय अभिमुखिकरण सम्पन्न

550

चैत्र २०, डोटी ।
डोटीको जोरायल गाउँपालिका ४ सिराड गाउँमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि समुदाय स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ ।
युनिसेफ नेपाल र युरोपियन युनियनको सहयोगमा जोरायल गाउँपालिकाले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
व्यक्तिगत घटना भनेको के हो, व्यक्तिगत घटना किन दर्ता गर्ने, त्यसका लागि आवश्यक कागजातहरु एवं प्रक्रियाबारे जानकारी दिने र सामाजिक सुरक्षा बारेमा समुदायमै पुगेर सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जोरायल गाउँपालिकाका बाल संरक्षण अधिकृत डम्मर बोहराले जानकारी दिए ।
कार्यक्रममा जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख एवं एमआईएस अपरेटर लक्ष्मण पुनमगरले व्यक्तिगत घटना र सामाजिक सुरक्षा सम्बन्धि विस्तृत रूपमा जानकारी गराएका थिए ।
समुदाय स्तरीय अभिमुखिकरणपश्चात् व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि शिविर पनि संचालन गरिने जोरायल गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै सभा अध्यक्ष तथा जोरायल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नन्दराज भट्टले सेवाग्राहीहरुले नीतिगत र प्रक्रियागत विषयमा थाहा नपाउँदा समस्या देखिने गरेको बताए । त्यसैगरी व्यक्तिगत घटना र सामाजिक सुरक्षाका विषयमा कुनै समस्या भए सेवाग्राहीलाई सहज हुनेगरि काम गर्न तत्पर रहेकोे वडा अध्यक्ष भट्टले बताए ।

Leave A Reply

Your email address will not be published.