जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ समुद्घाटन

७ वटा समूहबिच प्रतिष्पर्धा हुँदै

579

चैत्र २५, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ को शनिबार समुद्घाटन भएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टेमा रहेको रत्न आधारभूत विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले समुद्घाटन गरेका हुन् ।

Возможно, это изображение 8 человек и храм
चैत्र २५ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा समूह ‘ए’ तर्फ वडा नं. १, वडा नं. ३, वडा नं. ४, वडा नं. ५ तथा समूह ‘बि’ तर्फ वडा नं. ६, लबिना हार्डवेयर एण्ड सप्लायर्स र युनिक युथ स्पोर्टस् क्लब गरी जम्मा ७ वटा समूहको सहभागिता रहेको जोरायल गाउँपालिकाका खेलकुद संयोजक पवन कुमार शाहुले जानकारी दिए ।
जोरायल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक विर बहादुर दर्लामीको अध्यक्षता एवं जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको प्रमूख आतिथ्यतामा शुरु भएको उक्त प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन गरिने जनाईएको छ ।

Возможно, это изображение 13 человек
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद रु.२० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमलाई नगद रु.१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई हुने टिमलाई नगद रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने जोरायल गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमको समुद्घाटनमा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले खेल र खेलाडीको विकासमा सहयोग पुर्याउन गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Возможно, это изображение 5 человек
सहभागि खेलाडी टिमलाई जोरायल गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखा प्रमूख तेज बहादुर खत्रीले मन्तव्यमार्फत स्वागत गरेका थिए ।Возможно, это изображение 7 человек и храмВозможно, это изображение 5 человекВозможно, это изображение 8 человекВозможно, это изображение 8 человек

Leave A Reply

Your email address will not be published.