जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता-२०७९’ को उपाधी युनिक युथ स्पोर्ट्स क्लबलाई
चैत्र २७, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ को उपाधी युनिक युथ स्पोर्ट्स क्लबले हात पारेको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टेमा रहेको रत्न आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा जोरायल गाउँपालिका वडा नम्बर ५ गड्सेराको टिमलाई पराजित गर्दै युनिक युथ स्पोर्ट्स क्लबले उपाधी हात पारेको हो ।
यससङ्गै जोरायल गाउँपालिका वडा नम्बर ५ गड्सेराको टिमले दोश्रो, वडा नम्बर ६ निरौलीको टिमले तेस्रो र वडा नम्बर १ घण्टेश्वरको टिमले सान्त्वना स्थान प्राप्त गरेको जोरायल गाउँपालिकाका खेलकुद संयोजक पवन कुमार शाहुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद रु.२० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु.१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
लिगकम नकआउटका आधारमा सञ्चालन गरिएको र जम्मा ७ वटा समूहको सहभागिता रहेको प्रतियोगितामा दिनेश शाहुले सर्वोत्कृष्ट खेलाडी पुरस्कार हात पारेका छन् ।
कार्यक्रमको समापनमा बोल्दै जोरायल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवीन ओझाले खेल क्षेत्र र खेलाडीको विकासका लागि आगामी दिनमा निरन्तरता दिइने प्रतिवद्धता जनाए ।