सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
बैशाख २२, डोटी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । – दैनिक नेपालबाट