रविन्द्र जोशीको अध्यक्षतामा फेकोफन डोटीको नयाँ कार्यसमिति सर्वसम्मत चयन

1,033

बैशाख २३, डोटी ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ (फेकोफन) डोटीको सातौं जिल्ला अधिवेशन रविन्द्रप्रसाद जोशीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति  चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा सोभान ओली, सचिवमा बसन्ती थापा, काेषाध्यक्षमा निर्मला शाही चयन भएका छन् ।
सदस्यहरुमा  बिस्ना बिष्ट, डमरु कार्की, खडक खड्का, गगन रावत, देव बहादुर नेपाली, इन्द्र बिक, डमरी बिष्ट, इन्द्र जोशी र योगेन्द्र गुरुङ चयन भएका छन् ।
महिला र पिछडिएको क्षेत्रबाट पछि २ सदस्य मनोनीत गर्ने गरि १५ सदस्यीय कार्य समिति चयन भएको र फेकोफनको लक्ष्य, उद्देश्य बमोजिम सबै सरोकारवालाहरु सङ्गको समन्वय सहकार्य र सहयोगमा काम अगाडि बढाउने नव निर्वाचित अध्यक्ष जोशीले प्रतिवद्धता जनाए ।
फेकोफनका अध्यक्ष कृष्ण मलासीको अध्यक्षता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं एमाले डोटी अध्यक्ष चक्र मल्लको प्रमुख आतिथ्यता र फेकोफन केन्द्रिय सदस्य मन्जु मलासीको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको उक्त सस्थाले जनाएको छ ।
अधिवेशनमा डोटीका ९ वटै स्थानीय तहका ३ महिला र ३ पुरुष गरि ६/६ जनाका दरले ५४ जना र २१ सदस्यीय निवर्तमान कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.