राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य मलासीले गरे खेलकुद सामाग्री वितरण

830

प्रकाश जोशी
भाद्र १४, डोटी ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य नरेश मलासीले डोटीको लालीगुसाँस खेलकुद क्लबलाई खेलकुद सामग्री वितरण तरण गरेका छन् ।
तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका मलासीले दिपायल सिलगढी नगरपालिका ९ कलेनामा रहेको उक्त खेलकुद क्लबलाई बल, नेट र पम्प लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।
उनले आइतबार कलेनामै पुगेर क्लबका अध्यक्ष हरिश नेपाली लगाएतको टीमलाई ती खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।
खेलकुद मानिसको जीवनका लागि अत्यावश्यक भएको भन्दै मानसिक र शारीरिक तन्दुरुस्ती र शाहसी बनाउने मलासीले बताए ।
अहिले ग्लोबलाईजेशनले मानव समुदायको स्वस्थता अर्थात इम्युनिटी पावरमा समस्या आईरहेको र विभिन्न खालका रोग ब्याजसँगै महामारी समेत खेप्नु परेको बताउँदै खेलकुदबाटै शरीरलाई हृष्टपुष्ट बनाई इम्युनिटी पावर बढाएर यस्ता रोगब्याजलाई जितिने जिकिर गरे ।
आपसी एकता, सहयोगी भावना, सकारात्मक सोच, गाउँ, समाज , र राष्ट्र प्रती प्रेमभावका साथै देश विकासका लागि भबिष्यको स्वस्थ कर्णधार उत्पादन खेलकुदबाटै हुने भन्दै खेलकुदले देश विकासमा ठूलो महत्व रहने बताए ।
कार्यक्रममा अनेरास्ववियुका कार्यालय सदस्य बिर बहादुर बिष्ट, प्रकाश जोशी, अनेरास्ववियु सचिवालय सदस्य एवं नेपाल स्वयंसेवक संघ डोटी अध्यक्ष धन बहादुर कुमाल, भुपेन्द्र साउँद, राष्ट्रिय युवा संघका नेता बिर बहादुर बिष्टल लगाएतका युवाहरुको उपस्थिति रहेको थियो ।
खेलकुद सामग्री प्राप्त गरेपछि स्थानिय युवाहरु थप उत्साहित भएका छन् ।

Leave A Reply

Your email address will not be published.