डोटीको पिपल्ला र राजपुरमा बजार अनुगमन

663

भाद्र १५, डोटी ।

डोटीको प्रमूख बजार क्षेत्र दिपायल सिलगढी नगरपालिका वडा नं. ४ को पिपल्ला र राजपुरमा आइतबार बजार अनुगमन गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाका उप–प्रमूख एवं अनुगमन समिति संयोजक शिवराज खड्का नेतृत्वको सर्वपक्षीय टोलीले अनुगमन गरेको हो ।
जम्मा १७ वटा पसलमा गरिएको अनुगमनका क्रममा धेरै थोरै मात्रामा म्याद नाघेका फुट्कर सामानहरु फेला परेको र ति सामानहरु बरामद गरी ल्याईएको उप–प्रमूख खड्काले बताए ।
विभिन्न खाद्यान्नका गोदामहरु, भाँडा पसल, किराना पसल, तरकारी पसल, एग्रोभेट लगाएतका पसलहरुमा गरिएको अनुगमनमा जनगुनासो अनुसार कालोबजारी र मूल्य बृद्धि बढाएको नपाईएको र केहि सुधार्नुपर्ने कुरामा व्यापार व्यवसायीहरुलाई सुझाव प्रदान गरिएको नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत खेमराज गुरुङ्ले जानकारी दिए ।


बजारको नियमित अनुगमन आवश्यक रहेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले बताए । साथै यसपटकको अनुगमनमा खासै बद्मासी नदेखिएको र म्याद नाघेका बस्तुहरु विक्रिमा राख्नुहुन्न भन्ने बुझाईमा सकारात्मक परिवर्तन देखिएको पाईएको उनले बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, डोटी उद्योग वाणिज्य संघका प्रमूख प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.