दिपायल सिलगढी ७ का १६ गाउँ महिला समूहलाई कुर्सी र त्रीपाल सहयोग

213

साउन ९, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का १६ वटा गाउँ महिला समूहलाई सोमबार कुर्सी र त्रीपाल सहयोग हस्तान्तरण गरिएको छ ।
समूहको बैठक, कार्यक्रम तथा अन्य सामाजिक कार्यक्रम संचालनमा सहजताको लागि वडाभित्रका १६ वटै महिला समूहलाई गरि २६५ थान प्लास्टिकका कुर्सी र प्रत्येक समूहलाई एउटा एउटा त्रीपाल वितरण गरिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बिष्टले जानकारी दिए ।
उक्त वडामा कालिका गाउँ महिला समूह पानिखाेला, कालिका गाउँ महिला समूह लेकपाकरी, मालिका गाउँ महिला समूह पाकरी, दुर्गादेवी गाउँ महिला समूह पाकरी, मालिका गाउँ महिला समूह काेईरेली, साथी गाउँ महिला समूह तल्लाे पाकरी, प्रगति गाउँ महिला समूह चाैकीटाेल,भगवती गाउँ महिला समूह पाकरी, लालिगुरास गाउँ महिला समूह उडिताेला, मष्टमसानि गाउँ महिला समूह उडिताेला क्रियाशील रहेका छन् ।
त्यसैगरी मालिका गाउँ महिला समूह पाकरी, नवदुर्गा गाउँ महिला समूह रातुली, केदारेश्वर गाउँ महिला समूह रातुली, चेतनशील गाउँ महिला समूह रातुली, कालिका गाउँ महिला समूह कुन्जेडी र लालिगुरास गाउँ महिला समूह कुन्जेडी पनि सक्रिय रहेका छन् ।
समूहको माग र आवश्यकताका आधारमा वडा नम्बर ७ ले ती महिला समूहलाई बेलाबेलामा विभिन्न सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.